• २०८१ बैशाख १७ सोमबार

विराट कोहली आइसीसीको टेस्ट ब्याट्सम्यानको वरियतामा शिर्ष स्थानमा

kharibot

काठमाडौँ।  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आइसीसीको टेस्ट ब्याट्सम्यानको वरियतामा शिर्ष स्थानमा फर्किएका छन्। आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा कोहलीले अस्ट्रेलियाका स्टिभन स्मिथलाई पछाडी पार्दै टेस्टको ब्याट्सम्यानको वरियतामा शिर्ष स्थानमा पुगेका हुन्। 

हालै सम्पन्न इङल्याण्डविरुद्धको तेस्रो टेस्टको पहिलो र दोस्रो पारीमा ९७ र १०३ रनको पारी खेलेपछि कोहलीले ९३७ रेटिंग अंक हासिल गर्दै ब्याट्सम्यानको वरियतामा शिर्ष स्थानमा पुगेका हुन्। 

कोहलीले आइसिस को अल टाइम वरियताको टप टेनमा स्थान बनाउन एक रेटिंग अंकले पछाडी रहेका छन्।  आइसिस को अलटाइम वरियतामा श्रीलंकाका कुमारसंगाकाराले ९३८ अंक हासिल गर्दै दशौ स्थानमा रहेका छन्। टेस्ट क्रिकेटको अलटाइम वरियतामा सर डन ब्रेडम्यान ९६१ अंक सहित शिर्ष स्थानमा रहेका छन्। 

त्यस्तै आइसीसीको नयाँ वरियतामा हाल प्रतिबन्धमा परेका स्टिभन स्मिथ ९२९ अंकसहित दोस्रो स्थानमा रहेका छन् भने न्युजील्याण्डका केन विलियम्सन ८४७ रेटिंग अंकसहित तेस्रो स्थानमा रहेका छन्। 

नयाँ वरीयतामा प्रतिबन्धमा परेका अस्ट्रेलियाका डेभिड वार्नर ८२० रेटिंग अंकसहित चौथो स्थानमा रहेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै