• २०८१ बैशाख १७ सोमबार

वाइन रुनीले बनाए नचाहेको यस्तो रेकर्ड !

kharibot

हालै रक्सी खाएर गाडी चलाएको आरोपमा विवादमा तानिएका इभर्टनका फुटबलर वाइन रुनीले प्रिमियर लिगमा नयाँ रेकर्ड बनाएका छन् ।

यस पटक रूनीले नचाहेको रेकर्ड बनेको छ रुनी प्रिमियर लिगमा सबै भन्दा बढी पहेलो कार्ड पाउने खेलाडीको सुचीमा दोस्रो नम्बरमा पुगेका छन् । ३१ बर्षिय रुनीले गएराती टोटनह्याम विरुद्धको खेलमा सयौ पहेलो कार्ड पाउदै सो रेकर्ड बनाएका हुन् । रुनी भन्दा बढी ग्यारेथ बेरीले ११९ पहेलो कार्ड पाएका छन् ।

इङल्याण्डमा ब्याड ब्वायको उपाधि पाएका रुनीले नचाहे पनि यो रेकर्ड भने बनेको छ ।

हालै एक बारमा आफ्नै अफिसमा काम गर्ने युवतीसँग लागेको प्रकरणमा वैवाहिक जीवन समेत संकटमा पारेका रुनीले रक्सी खाएर गाडी चलाएको मुद्धामा कारवाही हुन् बाँकी नै छ ।

रुनीको क्लब इन्भर्टन गएराती भएको खेलमा टोटनह्यामसँग ३-० ले पराजित भएको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै