• २०८३ कार्तिक ३० सोमबार

कोप–३१ का सहभागी भएर स्वदेश फर्किए अर्थमन्त्री डा. वाग्ले

कोप–३१ का सहभागी भएर स्वदेश फर्किए अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रमसहित संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का करिब एक दर्जन कार्यक्रममा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।

टर्कीमा आयोजित सम्मेलनमा उनले ४४ अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । साथै, नेपाललाई जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धनको नयाँ सदस्य बनाउँदै जलवायु उत्थानशीलताका लागि वित्तसम्बन्धी नीतिगत अवधारणा प्रस्तुत गरेका थिए ।

भ्रमणका क्रममा उनले बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ली, बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डसहित पाँच देशका जलवायु दूत तथा अन्तर्राष्ट्रिय जलवायु विज्ञहरूसँग छलफल गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै