• २०८१ बैशाख १८ मंगलबार

जिम्बाबेका अलराउण्डर सिकन्दर राजा इपिएलमा काठमाडौँ किंग्स इलेभेनबाट खेल्ने   

kharibot

काठमाडौँ   ।  एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने क्लब काठमाडौँ किंग्स इलेभेनले तेस्रो विदेशी खेलाडी साइन गरेको छ । आयरल्याण्डका खेलाडी केभिन ओ ब्रायन र युएईका कप्तान रोहन मुस्तफापछि जिम्बाबेका सिकन्दर राजालाई भित्राएको छ।  

जिम्बाबेका अलराउण्डर सिकन्दरले अहिलेसम्म जिम्बाबेका लागि ८५ एकदिवसीय, १० टेस्ट र २० टि-२० क्रिकेट खेलिसकेका छन्। सिकन्दर गत मार्चमा सम्पन्न आइसीसी विश्वकप छनौट प्रतियोगिताका म्यान अफ द सिरिज भएका खेलाडी हुन्। 

काठमाडौँ किंग्सले यस अघि युएईका कप्तान रोहन मुस्तफा र आयरल्याण्डका खेलाडी केभिन ओ ब्रायनलाई साइन गरिसकेको छ। मुस्तफाले यस अघि धनगढी प्रिमियर लिग खेलिसकेका छन् भने ओ ब्रायन र सिकन्दर पहिलो पल्ट नेपालमा खेल्न आउदै छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै