• २०८१ बैशाख १७ सोमबार

टाउकोलाई 'जिउँदो खप्पर' बनाउन भूत चढेपछि यी मानिसले काटे नाक र कान

kharibot

काठमाडौं । एक मानिसले आफ्नो टाउकोलाई जिउँदो खप्पर बनाउन दुवै कान र नाक पनि आधा काटेका छन् । ट्याटु खोप्ने काम गर्दै आएका कालाका स्कुल नामका व्यक्तिले शारीरिक बनावट परिवर्तन गर्न २ वर्ष खर्चिसकेका हुन् । सोही सिलसिलामा उनले अनुहारको संरचनै बदलेका हुन् । 

उनको वास्तविक नाम भने एरिक यिनर हो । उनले ठूलै पीडा व्यहोर्दै यस्तो हर्कत गरेका हुन् । उनले चर्चामा आउन यसो गरेका हुन् । उनले नाक कान मात्रै काटेका छैनन्, अझ बाक्लो गरी ट्याटु समेत शरीरमा खोपेका छन् । त्यस्तै जिब्रो समेत काटेर दुईवटा बनाएका उनले दुईवटा भागमा निलो र खैरो रंग पोतेका छन् । उनको अनुहारभरि नै ट्याटु खोपिएको छ । टाउको पनि ट्याटुग्रस्त छ । 

उनले यस्तो हर्कत आमाको मृत्युपछि सुरु गरेको विभिन्न मिडियाहरुले उल्लेख गरेका छन् । 

उनलाई जिउँदो खप्परजस्तो बन्न ज्यादै मन छ । उनले यी सबै आफ्नो रुचि र खुसीअनुसार नै गरेको बताएका छन् । 

उनको हर्कतले पब्लिकलाई भने उनलाई हेर्दा अप्ठ्यारो लाग्ने गरेको बताइएको छ । उनको मुहारले कतिपय मानिस तर्सिने गरेका छन् । यद्यपि उनले टाउको जस्तो भए पनि आफू ठीकै रहेको बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै