• २०८१ बैशाख १७ सोमबार

ला लिगाको नवआगन्तुक क्लबलाई बार्सिलोनाको गोल वर्षा, मेसीले बनाए रेकर्ड  

kharibot

काठमाडौँ। स्पेनिस  ला लिगामा बार्सिलोनाले हुएसकामाथि गोल वर्षा गरेको छ। गएराती खेलमा बार्सिलोनाले हुएसकालाई ८-२ को गोल अन्तरले पराजित गरेको हो। 

बार्सिलोनाका लागि लियोनेल मेसी र लुइस स्वरेजले २-२ गोल गरे भने इभान राकाटिक, उसमान डेम्बेले, जोर्डी अल्बाले एक एक गोल गरेका थिए भने एक गोल हुएसकाका जोर्ज पुलिड़ोले आत्मघाती गोल गरेका थिए । त्यस्तै हुएसकाका लागि हर्नान्डेज र एलेक्स गालारले एक एक गोल गरेका थिए। 

बार्सिलोनाको घरेलु मैदानमा भएको यस खेलमा खेलको तेस्रो मिनेटमै हुएसकाले गोल गर्दै राम्रो सुरुवात गरेको थियो। तर बार्सिलोनाले गोल गर्न सुरु गरेपछि एक  गर्दै ८ गोल गरेपछि हुएसका लाचार एखिएको थियो। 

यो जित सँगै बार्सिलोनाले ला लिगामा यस सिजनमा लागातार तेस्रो जित हासिल गरेको छ।  बार्सिलोनाले ३ खेलमा ९ अंक बटुल्दै लिगको शिर्ष स्थानमा रहेको छ। 

साथै यस खेलमा मेसीले गोल गर्दै नयाँ रेकर्ड पनि बनाएका छन्।  मेसीले ला लिगा खेल्ने ३७ क्लबविरुद्ध गोल गर्दै ला लिगाको इतिहासमा सबै भन्दा बढी क्लबलाई गोल गर्ने रेकर्ड बनाएका छन्। मेसीले आफ्नो क्यारियरमा ३७ क्लबविरुद्ध कुल ३८६ गोल गरेका छन्।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै