• २०८१ बैशाख १७ सोमबार

नेपाली क्रिकेट टिम शुक्रबार काठमाडौँ फर्किदै, सन्दीप सिपीएल खेल्न नजाने

kharibot

काठमाडौँ।  एशियन कप क्वालिफायर खेल्न मलेसिया गएको नेपाली राष्ट्रिय क्रिकेट टिम शुक्रबार काठमाडौँ आउने भएको छ।  नेपाली राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार नेपाली टिम अपराह्न सवा १२ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुने भएको छ। नेपाली टिम मालिन्डो एयरबाट काठमाडौँ आउदै छ। 

एशिया कपमा खेलेका ५ खेलमा ३ मा हार २ खेलमा जित हासिल गरेको नेपली टिम फाइनलमा पुग्न असफल भएको थियो। नेपालसहित युएई, ओमान, हङकङ, मलेसिया र सिंगापुरले भाग लिएको यस प्रतियोगितामा नेपाल ४ अंक सहित चौथो स्थानमा रहदै काठमाडौँ फर्किदै छ। प्रतियोगिताको फाइनलमा भने युएई र हङकङ पुगेका छन् भने एशिया कपमा खेल्न आज फाइनल खेलिरहेका छन्। 

नेपालका लेग स्पिनर सन्दीप लामिछाने हाल जारी क्यरबियन लिगमा फर्किने हल्लाका बीच सन्दीप पनि नेपाली टिमसँगै काठमाडौँ फर्किने भएका छन्।  म्यानेजर शिवाकोटीले खरीबोटलाई दिएको जानकारी अनुसार सन्दीप सिपीएल खेल्न फेरी नजाने भएका छन्। सन्दीप खेलेको टिम प्याट्रियटस सिपिएलको दोस्रो चरणमा पुगेको छ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै