• २०८१ बैशाख १७ सोमबार

अतुलनीय विशेषताहरु सहित एनआईसी एशियाको दुई नयाँ चमत्कारी कर्जा योजना 

kharibot

काठमाडौँ। “बैक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनि”भन्ने मुल नाराका साथ आम जनमानसमा केन्द्रित बैैकिङ्ग सेवाप्रदानगर्दै आइरहेको नेपालकै सबैभन्दा ठुलो बैंक एनआईसी एशिया बैंकलेचमत्कारिक विशेषताहरु भएकादुई नयाँकर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा रचमत्कारिक घर जग्गाकर्जा” सार्वजनिक गरेको छ । 

यस कर्जा योजनाहरु ग्राहकहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सवैको लागी अझबढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने  उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो । 

“एनआई सी एशियाको साँच्चै चमत्कार अब गर्नुहोस आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ । यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहकहरुले समेत चमत्कारिक लाभ उठाउन सक्ने  छन्। 

यस योजनामा तुरुन्तै कर्जा स्वीकृति हुने, अधिकतम १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि, अति न्यूनमासिक किस्ता रकम (सवारीको मुल्यअनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने ), आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने, मासिक ब्याजदर ०.९% मात्र,  प्रशासनिक सेवा शुल्कमा विशेष छुट हुने, घर जग्गार सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था गरिएको बैंकले जनाएको छ। 

त्यस्तै चमत्कारिक घर जग्गा कर्जा योजनामा “एनआई सी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार”भन्ने नाराका साथ एनआईसी एशिया बैंक ले चमत्कारिक घर जग्गाकर्जा सार्वजनिक गरेको छ । 

यस योजनामा आफ्नो आम्दानीअनुसार आफै मासीक किस्ता निर्धारण गर्न सकिने, अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि, आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने, मासिक ब्याजदर ०.९% मात्र, प्रशासनिक सेवा शुल्कमा विशेष छुट, आधार दरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने बैंकले जनाएको छ। 

कर्जा योजनाहरु बैंकको आफ्नो मुलुकभरी रहेको २४४ वटै शाखा कार्यालयहरुबाट आफुले चाहेको गाडी तथा घरजग्गा बिना झन्झट,न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने  बैंकले जनाएको छ । 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २४४ शाखाकार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गरिरहेको छ। बैंकको वासलातको आकार रू.१८८अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५९ अर्ब तथा कर्जा रू. १३२ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै