काठमाडौं । गायक राज खम्बुको नयाँ म्युजिक भिडियोको सार्वजनिक भएको छ । हालै सम्पन्न भएको बुगीवुगी शो की विजेता कबिता नेपाली र चर्चित अभिनेता पल शाह फिचरिङ रहेको ‘यही त होला माया’ बोलको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको हो ।
बुगीवुगीको विजेता बनेपछि कबिताको यो पहिलो म्युजिक भिडियो हो । सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको एरेञ्ज प्रदिप श्रेयठले गरेका हुन्, भने मिक्सिङ किश्वर थापाको रहेको छ ।
डान्सिङ जनरामा बनेको म्युजिक भिडियोमा कविता नेपालीको एक फ्यानको भूमिकामा चर्चित अभिनेता पल शाहलाई देख्न सकिन्छ । म्युजिक भिडियोमा अभिनेता पल शाह र कबिताको जोडी जमेको छ । पल र कबिताको जोडीलाई भिडियोमा उतार्ने काम भने चर्चित भिडियो सम्पादक तथा निर्देशक टेकेन्द्र शाहले गरेका छन् । पहिलो म्युजिक भिडियो भएपनि कबिताको काम उत्कृष्ट देखिएको छ । म्युजिक भिडियोमा पल र कबिताको रामान्स सहितको डान्स देख्न सकिन्छ ।
म्युजिक भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ, भने राम कुमार केसीको सिनेमाटोग्राफी रहेको छ । भिडियोको सम्पादन भने निर्देशक स्वयम् टेकेन्द्रले गरेका हुन् ।