• २०८१ बैशाख १७ सोमबार

 निर्मलाको निम्ति न्याय माग्दै देशभर प्रदर्शन (फोटो फिचर)

kharibot

तस्बीर : सकला दवाडी/खरीबोट

काठमाडाैं।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तलाई न्यायको माग गर्दै र बलात्कारविरुद्ध आवाज उठाउन भन्दै काठमाडौंसहित देशका विभिन्न ठाउमा प्रदर्शन भएको छ ।

काठमाडौँमा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा सयौं नागरिक सहभागी भएका छन् । निर्मलाको न्यायका लागि दबाब दिन निर्मलाका बुवाआमासहित कञ्चनपुरका अगुवा महिला अधिकारकर्मीहरु अहिले काठमाडाैंमा नै रहेका छन् । 

देशका विभिन्न ठाउँमा ‘निर्मलाको निम्ति न्याय’ भन्दै नागरिक भेला भएका छन् । आज बिहानदेखि काँकरभिट्टा, गाईघाट,सिन्धुपाल्चोकको हेलम्बु, बाँकेको नेपालगञ्ज, कास्कीको पोखरा, सप्तरीको राजविराज, सुनसरीको धरान, इनरुवा, इटहरी, मोरङको विराटनगर झापाको दमक र अर्जुनधारा, कपिलवस्तुलगायतका ठाउमा निर्मलाको न्यायका लागि प्रदर्शन भएका छन् ।

निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नको दोषीको पहिचान अझै हुन सकेको छैन । प्रदर्शनमा सहभागीहरुले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कारवाही गर्न माग गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै