• २०८१ बैशाख १४ शुक्रबार

नेपाल मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सम्झौता

kharibot

काठमाडौं । ललितपुरको भैसेपाटीमा रहेको नेपाल मेडिसिटी र ललितपुरमै अवस्थित गणेशमान मेमोरियल अस्पतालबीच विशेष सम्झौता भएको छ । आइतबार दुई अस्पतालबीच जटिल रोगको उपचारमा साथ दिने र सहकार्य गर्ने सम्झौता भएको हो । 

नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले औपचारिक रुपमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको छ । 

स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन स्वास्थ्य संस्थाको समन्वय पनि बलियो हुन आवश्यक रहेकाले  यस किसिमका समझौता गरिएको नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले बताउनुभयो ।

दुई अस्पतालबिच सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने जस्ता कार्यमा सहमति गरिएको छ । अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस सम्झौतालाई अगाडि सारिएको हो । 

खासगरि, प्रविधि, पुर्वाधार र चिकित्सकिय दृष्टिकोणमा अग्रणी भूमिका खेलीरहेको नेपाल मेडिसिटी अस्पतालसंग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले खुशी व्यक्त गरे । 

अरबौ रकम खर्चीएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न र गराउन प्रेरित गराउन यो एक महत्वपूर्ण अभियान हुनेछ । सम्भव भएका उपचार गणेशमान मेमोरियल अस्पतालमै  गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसंग सहकार्य हुने भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै