• २०८१ बैशाख १७ सोमबार

यी मोडल जसलाई कतिले राक्षस त कतिले फिटनेसकी देवी मान्छन् !

kharibot

युरोप । उनलाई देख्नेबित्तिकै के तपाईं यही संसारको हो र भन्नेहरुको कमी छैन । उनको शरीर नै अलौकिकजस्तो देखिएका कारण मानिसहरुले उनलाई यो प्रश्न गर्ने गर्छन् । उनको नाम बखर नाबिएभा हो तर उनलाई मिस आइरन बम भन्नेहरु धेरै छन् । 

उनका अंगप्रत्यंग यति सुगठित छ कि तपाईं आफैँ पनि दंग पर्नुहुन्छ । 

कतिले त उनको शरीर हेरिसकेपछि तपाईं राक्षस हो ? सम्म भनेर सोध्न भ्याएका छन् । 

साँच्चै उनले शरीर लोभलाग्दो गरी फिट राखेकी छिन् । उनी अजरबैजानकी मोडल हुन् । उनी अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा चर्चित छिन् । करिब २० लाख फलोअर छन् त्यसमा उनका । ढुंगा जस्तो साह्रो शरीर छ उनको । 

उनी अहिले युक्तनको निप्रोपेट्रोव्स्क ओब्लास्टमा बस्छिन् । पहिले उनको शरीर यस्तो थिएन । उनी सानोमा निकै दुब्ली थिइन् । सोही कारण उनलाई हड्डी भनेर कतिले त जिस्काउँथे पनि तर उनले सारा मिहिनेत गरेर आफ्नो शरीर यस्तो सुगठित बनाइन् कि साराले उनको शरीर देखेर डाह गर्ने भएको छ । 

इन्स्टाग्राममा मात्र नभई उनी अहिले युट्युबमा पनि चर्चित बनिरहेकी छिन् । उनको युट्युब च्यानलमा १६ हजार सब्सक्राइभर भइसकेका छन् । उनलाई स्थानीय सञ्चारमाध्यमहरुले फिटनेसकी देवी भनेका छन् । उनले जिम गएर यो सबै गर्न सकेकी हु्न् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै