• २०८१ बैशाख १७ सोमबार

सेयरबजारमा २ अंकको सुधार : छ समूहले कमाउँदा पाँचवटाले गुमाए 

kharibot

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आईतबार नै सेयर कारोबारमा सुधार देखिएको छ ।

नेप्से सूचक आज दुई दशमलव ६१ अंकले बढेर १२ सय ५७ दशमलव ६८ विन्दुमा चढ्दा सेन्सिटिभ शुन्य दशमलव ८२ अंकले बढेर दुई सय ६६ दशमलव ९१ विन्दुमा चढेको छ । एक सय ६७ कम्पनीहरुको छ हजार आठ सय ८६ वटा कारोबारमा ५५ लाख ६७ हजार ३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा आज कारोबार रकम ६९ करोड ८४ लाख नौ सय ६७ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज ११ वटा समूहको कारोबार हुँदा छ वटा समूहले कमाएका छन् भने पाँच वटा समूहको गुमाएका छन् । कमाउने समूहमा परेको वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ८४ अंकले बढेर ११ सय चार दशमलव ६८ विन्दुमा चढ्दा ४२ करोड ३३ लाख चार हजार रुपैैयाँ सेयर खरिद बिक्री भएको छ ।

जलबिद्युत समूहको कारोबार सूचक पनि छ दशमलव ३९ अंकले बढेर १४ सय २९ दशमलव ४७ विन्दुमा चढ््दा तीन करोड ४२ लाख ५६ हजार छ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक, ट्रेडिङ, होटल र फाईनान्स समूहको सूचकमा पनि आज सुधार आएको छ । निर्जिवन बीमा समूहको सूचक भने ६२ दशमलव ६३ अंकले घटेर पाँच हजार नौ सय ६० दशमलव ९२ विन्दुमा झर्दा दुई करोड २४ लाख ३४ हजार आठ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ  । यि बाहेक आज जीवन बीमा, लघुवित्त, उत्पादनमुलक र अन्य समूहको सूचकमा पनि गिरावट आएको छ । 

बढी कमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको साल्ट टे«डिङ कर्पोरेसन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ ९८ पैसाले बढेर तीन सय ६४ रुपैयाँमा कारोबार भएको छ भने गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको कालिका लघुवित्त संस्थाको सेयर मुल्य सात रुपैयाँ ४३ पैसाले घटेर १२ सय ८३  रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको एनआईसी एशिया बैंकको प्रतिकित्ता चार सय ४० रुपैयाँ अन्तिम मुल्यमा सात करोड चार लाख ६२ हजार ९९ रुपैयाँको सेयर कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै