• २०८१ बैशाख १७ सोमबार

प्रदेश ७ को नाम राजधानीका विषयमा धनगढी बन्द 

kharibot

फाइल तस्बीर

धनगढी। प्रदेश ७ को राजधानी कैलालीको गोदावरी प्रस्ताव गरिएको विरोधमा धनगढीबासीन्दाले विहीबार आमहडताल गरेका छन् । उनीहरुले धनगढीमा रहेको अस्थायी राजधानी कुनै पनि हालतमा अन्यन्त्र सार्न नमिल्ने बताएका छन् ।

वन माफिया र भूमाफियाको प्रभावमा परेर गरिएको सुझाव संकलन समितिको प्रस्ताव तत्काल फिर्ता लिन उनीहरुले दबाब दिइरहेका छन् । कुनै पनि पूर्वाधार नभएको गोदावरीमा स्थायी राजधानी राख्नुभन्दा हालकै अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी बनाउनुपर्ने धनगढीबासीन्दाको भनाइ छ । 

आन्दोलन समन्वय समितिका संयोजक हरी रेग्मीले जनतालाई झुक्याएर आफ्नो राजनैतिक स्वार्थपूर्ति गर्नका लागि  षड्यन्त्र पूर्वक राजधानी सार्ने प्रस्ताव गरिएको बताए । सामान्य ढंगबाट बारम्बार आवाज उठाउँदा समेत पूरा हुने सम्भावना नदेखिएकाले आम हडताल गर्नु परेको उनको भनाई छ । शुक्रबार बिहान १० बजे प्रदेश सभा भवन घेराउ गर्ने कार्यक्रम राखिएको उनले बताए । 

आम हडतालले सर्वसाधारण मर्कामा परेका छन् । बजार, यातायात, उद्योग कलकारखाना, शिक्षण संस्था सबै ठप्प छन् । सरकारले कैलाली सदरमुकाम धनगढीलाई अस्थायी राजधानी तोकेको छ । प्रदेश सभाले प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन समिति गठन गरेको थियो । समितिले प्रदेशको नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिका वडानम्बर ४ मा राख्न सुझाव दिएको छ । 

प्रदेशसभाले निर्णय लिनुभन्दा अघि नै धनगढीमा आन्दोलन सुरु भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै