• २०८१ बैशाख १७ सोमबार

प्रभु लाइफ इन्स्योरेन्सका नयाँ दुई शाखाहरुको शुभारम्भ

kharibot

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले दुुई वटा शाखा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले विहिवारदेखि आफ्ना नयाँ दुई उप–शाखा कार्यालयहरुः धनकुटा उप–शाखा तथा अछाम उप–शाखााहरुको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले एक कार्यक्रमका बीच धनकुटा उप–शाखाकार्यालय तथा अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोप बहादुर रावलले अछाम उप–शाखा कार्यालयको उद्घाटन, एकै दिन गरी सेवा शुभारम्भ गरे ।

कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर तामाङले जिवन बीमा जरुरी रहेको बताउँदै प्रभु लाइफ इन्स्योरेन्सले धनकुटाको बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गर्नुभयो। अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोप बहादुर रावलले प्रभु लाइफ इन्स्योरेन्सले स्थानिय तह सम्म पुगी लक्षित वर्गहरुलाई जीवन बीमा सेवा प्रदान गर्न सक्षम हुने कुरामा आफु बिश्वस्त रहेको जानकारी गराए । 

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी साठ्ठी करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै