• २०८१ बैशाख २२ शनिबार

अफगानिस्तानसँग पराजित भएपछि नेपाल युथ एशिया कपबाट बाहिरियो 

kharibot

काठमाडौँ। बंगलादेशमा जारी एसीसी यू १९ युथ एशिया कपमा नेपालले अफगानिस्तानसँग ३ विकेट भएको छ। प्रतियोगितामा दोस्रो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगितामा समुह ए बाट भारत र अफगानिस्तानले २-२ खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेका छन् भने नेपाल र युएइले समुह चरणको एक एक खेल बाँकी हुदै २-२ खेलमा हार बेहोर्दै बाहिरिएका छन्।  

दोस्रो खेलमा नेपालले दिएको १३२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३७.३ ओभरमा  गुमाउदै लक्ष्य पुरा गरेको थियो। अफगानिस्तानको जितमा रह्मनुल्लाह गुर्बाजले सर्वाधिक रन बनाए भने अज्मतुल्लाह ओमारजाई र अरिफ खानले २३-२३ रन बनाएका थिए।  नेपालका लागि सुर्य तामाङले ४ विकेट लिए भने  सागर ढकाल, पवन सराफ र रशिद खानले एक एक विकेट लिएका थिए।  

यसअघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै ३८.३ ओभरमा अल  हुदै १३१ रन बनाएको थियो। नेपालले सुरुवाती २१ रन मै सुरुवाती ४ विकेट गुमाएको थियो। नेपालका ४ खेलाडी शुन्य रनमा आउट भएका थिए भने ४ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाएका थिए । 

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए । रोहितले कप्तान मोहमद असिफ सेखसँग ५३ रनको साझेदारी गरेका थिए। रोहित पौडेल र रशिद खानले ३८ रनको साझेदारी गरेका थिए। नेपालका लागि राशिद खानले ३० तथा कप्तान आसिफ सेखले २० रन बनाएका छन् भने ओपनर रीत गौतमले १० रन बनाएका थिए ।

अफगानिस्तानका अज्मतुल्लाह ओमारजाइले ४ विकेट लिए भने अब्दुल रहमान र क्वेज अहमद कमावालले २-२ विकेट लिएका थिए। त्यस्तै रिजवानवुल्लाह र मोहमद कबिरले एक एक विकेट लिएका थिए। 

अब नेपालले प्रतियोगिताको तेस्रो खेल अक्टोबर २ मंगलबार अर्थात असोज १६ मा युएइसँग खेल्ने छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय