• २०८१ बैशाख २२ शनिबार

युथ एशिया कप : युएइले नेपाललाई २६९ रनको लक्ष्य दियो 

kharibot

काठमाडौँ। बंगलादेशमा जारी एसीसी यू १९ युथ एशिया कपमा युएईले नेपाललाई २६९ रनको लक्ष्य दिएको छ।  टस जितेर पहिला ब्याटिंग गरेको युएइले उत्कृष्ट ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २६८ रन बनाएको हो। 

युएइका लागि फाहद नवाजले सर्वाधिक ८३ रन बनाए भने अंशले ६७ रनको पारी खेलेका थिए। उनीहरु दुवैले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए। युएइका लागि मोहमद र ब्रेनडम एडमले १८-१८ रन बनएका थिए। मोहमद अलीले १६ तथा जोनाथन फिगीले १५ रन बनाएका थिए। 

नेपालका बलर नन्दन यादव, रशिद खान र पवन सराफले २-२ विकेट लिए भने सागर ढकाल र सुर्य तामाङले १-१ विकेट लिए। नेपालले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ। 

एशिया कपबाट बाहिरिएका दुवै देश प्रतियोगितामा सान्त्वना जितको लागि यो खेल खेल्दैछन्। नेपालले पहिलो खेलमा भारतसँग १७१ रनको ठुलो हार बेहोरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ३ विकेटको हार बेहोरेको थियो। त्यस्तै युएइ पनि भारत र अफगानिस्तानसँग पराजय भएको थियो। 

समुह ए बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह बि बाट भने आजको अन्तिम खेलहरु पछि सेमिफाइनलमा पुग्ने टिमको टुंगो लाग्ने भएको छ।  

 लाइभ स्कोर यँहा हेनुहोस् 

दुवै समुहका दुई शिर्ष टिम सेमिफाइनलमा पुग्ने छन्।  प्रतियोगिताको पहिल सेमिफाइनल अक्टोबर ४ अर्थात असोज १८ गते हुने छ भने दोस्रो सेमिफाइनल अक्टोबर ५ अर्थात असोज १९ गते हुने छ। प्रतियोगिताको फाइनल खेल अक्टोबर ७ अर्थात असोज २१ गते हुने छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै