• २०८१ बैशाख १४ शुक्रबार

युथ एशिया कपमा युएइविरुद्ध नेपाल विजयी, रोहित र सन्दीपले जिताए   

kharibot

काठमाडौँ। बंगलादेशमा जारी एसीसी यू १९ युथ एशिया कपमाको अन्तिम खेलमा नेपालले युएइलाई ३ विकेटले पराजित गरेको छ। युएइले दिएको २६९ रनको लक्ष्य नेपालले ४९.४ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो। 

नेपालको जितमा रोहित पौडेलले उत्कृष्ट ब्याटिंग गर्दै ९२ रन बनाएका थिए। रोहितले ८८ बलमा ६ चौका र ३ छक्का हानेका थिए। रोहितले सन्दीप जोरासँग ४९ रन, पवन सराफसँग ४५ रन, अरुण ऐरीसँग १६, रशिद खानसँग ३२ बलमा ५४ रनको साझेदारी गरेका थिए ।

यसअघि सन्दीप जोराले ६७ रन बनाएर आउट भएका थिए। सन्दीपले आसिफ सेखले ५९ रनको तथा रोहित पौडेलसँग ४९ रनको साझेदारी गरेका थिए। यसअघि कप्तान आसिफ सेखले ३५, रशिद खानले २७, रीत गौतमले १८ तथा ट्रीत राज दास ६ रन बनाएका थिए ।    

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको युएइले उत्कृष्ट ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २६८ रन बनाएको थियो ।

युएइका लागि फाहद नवाजले सर्वाधिक ८३ रन बनाए भने अंशले ६७ रनको पारी खेलेका थिए। उनीहरु दुवैले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए। युएइका लागि मोहमद र ब्रेनडम एडमले १८-१८ रन बनएका थिए। मोहमद अलीले १६ तथा जोनाथन फिगीले १५ रन बनाएका थिए। 

नेपालका बलर नन्दन यादव, रशिद खान र पवन सराफले २-२ विकेट लिए भने सागर ढकाल र सुर्य तामाङले १-१ विकेट लिए। नेपालका रोहित पौडेल खेलको म्यान अफ द म्याच बनेका छन्। 

एशिया कपबाट बाहिरिएका दुवै देश प्रतियोगितामा बाहिरिए पनि नेपालले सान्त्वना जित हासिल गरेको छ। 

नेपालले पहिलो खेलमा भारतसँग १७१ रनको ठुलो हार बेहोरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ३ विकेटको हार बेहोरेको थियो। त्यस्तै युएइ प्रतियोगितामा सबै खेल गुमाउदै बाहिरिएको छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै