• २०८१ बैशाख १४ शुक्रबार

युथ एशिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने 

kharibot

काठमाडौँ। बंगलादेशमा जारी एसीसी यू १९ युथ एशिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको दोस्रो सेमिफाइनलमा श्रीलंकाले अफगानिस्तानलाई ३१ रनले पराजित गरेपछि फाइनलमा पुग्ने दोस्रो टिमको टुंगो लागेको हो। 

यसअघि विहिबार भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २ रनले पराजित गरेको थियो। निकै प्रतिष्पर्धात्मक सो खेलमा भारत १७२ रनमा अलआउट भएको थियो भने बंगलादेश १७० रन बनाउदा अलआउट भएपछि भारत २ रनले विजयी हुदै फाइनलमा पुगेको थियो।

अब युथ एशियाकपको उपाधिका लागि श्रीलंका र भारत आगामी आइतबार खेल्ने भएका छन्। 

समुह ए मा रहेको नेपालले भारत र अफगानिस्तानसँग लगातार हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको थियो। समुह चरणको अन्तिम खेलमा भने नेपालले युएइविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको थियो। युएइले दिएको २६९ रनको लक्ष्यलाई नेपालले ७ विकेट गुमाउदै पुरा गरेको थियो। सो खेलमा रोहितपौडेल ले ९२ रनको पारी खेलेका थिए।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै