• २०८१ बैशाख २२ शनिबार

युथ एशिया कप : युएइविरुद्ध नेपालले टस हार्यो, पहिला बलिङ गर्दै   

kharibot

काठमाडौँ। बंगलादेशमा जारी एसीसी यू १९ युथ एशिया कपमा नेपालले आज अन्तिम खेलमा युएईको सामना गर्दै छ।

आजको खेलमा युएइले टस जितेर पहिला ब्याटिंग गर्दै छ। 

एशिया कपबाट बाहिरिएका दुवै देश प्रतियोगितामा सान्त्वना जितको लागि यो खेल खेल्दैछन्।

नेपालले पहिलो खेलमा भारतसँग १७१ रनको ठुलो हार बेहोरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ३ विकेटको हार बेहोरेको थियो। त्यस्तै युएइ पनि भारत र अफगानिस्तानसँग पराजय भएको थियो। 

समुह ए बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह बि बाट भने आजको अन्तिम खेलहरु पछि सेमिफाइनलमा पुग्ने टिमको टुंगो लाग्ने भएको छ।  

 

लाइभ स्कोर यँहा हेनुहोस् 

 

दुवै समुहका दुई शिर्ष टिम सेमिफाइनलमा पुग्ने छन्।  प्रतियोगिताको पहिल सेमिफाइनल अक्टोबर ४ अर्थात असोज १८ गते हुने छ भने दोस्रो सेमिफाइनल अक्टोबर ५ अर्थात असोज १९ गते हुने छ। प्रतियोगिताको फाइनल खेल अक्टोबर ७ अर्थात असोज २१ गते हुने छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै