• २०८१ बैशाख १६ आइतबार

च्याम्पियन्स लिगमा रियल म्याड्रिड सिएसके मस्कोसँग पराजित

kharibot

काठमाडौँ। च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड रसियन क्लब सिएसके मस्कोसँग पराजित भएको छ। समुह जीको दोस्रो खेलमा रियल मस्कोसँग १-० गोल अन्तरले पराजित भएको हो। 

मस्कोका लागि सुरुको ६५औ सेकेन्डमा नै निकोल भलासिकले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल मस्कोले १-० ले जित्यो।  खेलको अन्तिम समय तिर मस्कोका खेलाडीले दोहोरो पहेलो कार्ड पाएपछि मस्को १० खेलाडीमा सिमित भएको थियो। 

रियललाई आफ्ना स्टार खेलाडीहरु इस्को, मार्सेलो र ग्यारेथ बेल घाइते भएर टिममा नहुनु निकै महँगो परेको छ भने फिफा अब्र्ष खेलाडी लुका मोड्रीच र मारियानो डियाजलाई बेञ्चमा राखेर खेल सुरु गर्नु पनि महँगो परेको छ।  

रियल म्याड्रिडले सन् २०१६ पछि पहिलो पटक च्याम्पियन्स लिगमा गोल गर्न असफल भएको छ। 

रियल अब अर्को खेल ला लिगा अन्तर्गत डिपोर्टटिभो आल्भेजसँग शनिबार खेल्दै छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै