• २०८१ बैशाख १५ शनिबार

विजया दशमीमा गुलरियामा बृहत रामलिला देखाइने

kharibot

बर्दिया (गुलरिया) ।  बर्दियाको सदरमुकाम गुलरियामा विजयादशमीको अवसरमा बृहत रामलिला देखाइने भएको छ । रामायणमा आधारित नाटकिय चरित्र आउदै गरेको दशैंको अवसर पारेर आयोजना गर्न लागिएको हो ।

असोज २४ गते बडा दशैंको घटस्थापना देखि कार्तिक २ गते विजया दशमीको दिन सम्म रामलिला देखाउन लागिएको रामलिला व्यवस्थापन समिति गुलरियाका अध्यक्ष मनोज यादवले बताए । रामलिला गुलरिया नगरपालिका बडा नं ७ स्थित बस पार्कको पश्चिम पट्टिको बगैचामा देखाउने यादवले भने ।

रामलिला देखाउने तैयारी पुरा भै सकेको र रामलिलाका लागि भारतको अयोध्याबाट २० जनाको कलाकारहरुको नाटकिय टोलि पनि गुलरिया आइसकेको व्यवस्थापन समितिका अध्यक्ष यादवले भने । रामलिलाको पुरै व्यवस्थापन खर्च करिव ८ लाख रहेको र सो रकम स्थानीय उद्योगी, व्यापारी र स्थानीयहरुबाट सहयोग रहने समेत यादवले भने ।

यस्ता किसिमका निरन्तर कार्यक्रमहरुले आफ्नो संस्कृति जान्न र हाम्रो राम्रो संस्कार र संस्कृति बचाउन थोरै भए पनि टेवा पुग्ने गुलरिया नगरपालिका वडा नं ७ का स्थानीय सुबास पोख्रेलले बताए ।

रामलिलाको अन्तिम दिन तथा विजया दशमीको दिन रावण दहनको कार्यक्रम समेत रहेको व्यवस्थापन समितिका अध्यक्ष यादवले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै