• २०८१ बैशाख १७ सोमबार

बीजी मलमा दशैं तिहार उपहार : मोटरसाइकल, स्कूटर र बैंकक भ्रमणको अवसर

kharibot

काठमाडौं । गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउनका लागि सञ्चालन गरेको योजनामा हात खाली नजाने उपहार राखिएको छ । 

फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार योजनाबाट सेवाग्राहीले कुनै न कुनै उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए । 

उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नुपर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने गिरीले जानकारी दिए । 

यो अफर अन्तरगत ग्राहकले दैनिक रुपमा स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजि वासिङ मेशिन, र सिजि साउण्ड बार पनि उपहारको रुपमा पाउन सक्छन् ।

बम्पर उपहारका रुपमा ग्राहकमध्येबाट एक एक जनाले टिभिएसको अपाची मोटरसाइकल, टिभिएसकै जुपिटर स्कूटर तथा ४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने गिरीले बताए । गिरीका अनुसार उपहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।

मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै