• २०८१ बैशाख १८ मंगलबार

ग्लोबल आइएमईको मिसकल बैंकिङ्ग सेवा

kharibot

काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले मिसकल बैंकिङ्ग सुरु गरेको छ ।

बैंकले उपलब्ध गराएका विभिन्न मोबाइल नम्बरहरुमा मिसकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सक्ने जानकारी दिएको छ ।

बैंकको मोबाइल बैंकिङ्ग सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकहरुले उपभोग गर्न मिल्ने यो सेवाअन्र्तगत ग्राहकले आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमा रु १०० टपअप गर्न ९८०१२३१२९६ नम्बरमा,  क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफूले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदान गर्ने विभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिनसक्ने बताएको छ । ग्राहकले उल्लिखित फोन नम्बरहरुमा डायल गरेपछि उक्त नम्बरहरुमा १ घण्टी जाने र आफँै फोन काटिनेछ, त्यसपश्चात बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेजमार्फत पठाउने भएको छ । 

बैंकले यसअघि अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा, ग्लोबल स्मार्ट, भाइबर बैंकिङ्ग, अंग्रेजी तथा नेपालीभाषामा इन्टरनेट बैैंकिङ्ग सुबिधा, अनलाइनमार्फत घरमै अथवा जहाँँकहीं बसेर बैंक खाता खोल्न सकिने लगायतका सुविधाहरु आफ्ना ग्राहकमा ल्याइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय