काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले सेभिलालाई पराजित गरेको छ। गएराती भएको खेलमा बार्सिलोनाले सेभिलालाई ४-२ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनासँगको यो हार सँगै सेभिलाको लगातार ४ खेलमा जितको सिलसिलाको अन्त्य भएको छ भने पहिलो हाफमा बार्सिलोनाले आफ्ना स्टार खेलाडी लियोनेल मेसीको हातमा चोट लागेपछि गुमाएको छ।
बार्सिलोनाको जितमा फिलिप कोटीन्हो, मेसी, लुइस स्वरेज र इभान राकिटिकले गोल गरेका थिए। त्यस्तै साभिलाका लागि क्लेमेन्ट लेंगलेट र लुइस मोरियलले एक एक गोल गरेका थिए।
यो जित सहित बार्सिलोना ९ खेलमा १८ अंक सहित शिर्ष स्थानमा उक्लिएको छ भने सेभिला ९ खेलमा १६ अंकसहित तेस्रो स्थानमा रहेको छ।
यस खेलमा घाइते भएका मेसीले आगामी बुधबार इन्टरमिलानसँग हुने च्याम्पियन्स लिग र आइतबार रियलविरुद्धको एल क्लासिको गुमाउने भएका छन्।