काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले शख्तर डोस्टकविरुद्ध गोलको वर्षा गरेको छ। गएराती भएको खेलमा सिटीले शख्तरलाई ६-० गोल अन्तरले पराजित गरेको छ।
सिटीको जितमा गार्बियल जिससले ह्याट्रिक गरेका थिए भने डेभिड सिल्भा, रहिम स्टरलिङ र रियाज महरेजले एक एक गोल गरेका थिए।
जितपछि सिटीको समुह एफमा ४ खेलमा ९ अंक भएको छ भने सिटी समुहमा शिर्ष स्थानमा रहेको छ। ओलम्पिक लियोनास ४ खेलमा ६ अंकसहित खेलको दोस्रो स्थानमा रहेको छ।