काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले फुलह्यामलाई पराजित गरेको छ। आइतबार भएको खेलमा लिभरपुलले फुलह्यामलाई २-० ले पराजित गरेको छ।
लिभरपुलको जितमा मोहमद सलाह र जेरडन शाकीरीले एक एक गोल गरेका थिए। सलाहले खेलको ४१औ मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए भने शाकीरीले खेलको ५१औ मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए।
सलाहले आहिलेसम्म खेलेका २१ प्रिमियर लिग क्लब मध्ये १९ क्लबविरुद्ध गोल गरेका छन्। सलाहले म्यानचेस्टर युनाइटेड र स्वांसी सिटीविरुद्ध गोल गर्न सकेका छैनन्।
जितपछि लिभरपुलको १२ खेलमा ३० अंक भएको छ भने ११ खेल खेलेको म्यानचेस्टर सिटी एक खेल कम खेल्दै ११ खेलमा २९ अंकसहित दोस्रो स्थानमा रहेको छ। सिटीले आइतबार नै म्यानचेस्टर युनाइटेडसँग म्यानचेस्टर डर्बी खेल्दै छ। त्यस्तै फुलह्याम भने १२ खेलमा ५ अंकसहित लिगको पुछारमा रहेको छ।