• २०८१ बैशाख १७ सोमबार

छातीभरि देश बोकेर साहित्यकार महेश पौड्याल सगरसम्म लम्किदै

kharibot

काठमाडौँ। केही समय अघि मात्रै गायक सुनिल मगरको स्वरमा ‘छातीभरि देश बोकि’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक गरेर संगीत क्षेत्रमा चर्चा बटुलेका साहित्यकार महेश पौड्यालले आफ्नै शब्दमा रहेको नयाँ गीत ‘सगरसम्म लम्क’को भिडियो सार्वजनिक गरेका छन् ।

युट्युबमा हाइलाइट्स् नेपाल च्यानलमार्फत सार्वजनिक गरिएको यो भिडियोलाई अनिल खतिवडाले निर्देशन गरेका हुन्। यस गीत मार्फत पौड्यालले घर छोडेर विदेश पलायन भएका शन्तानहरुलाई आफ्नो घर फर्कन आह्वान गरेका छन् । गीतमा स्वर सुरेश लामाले दिएका छन् ।

संगीतकार दिनेश पौड्यालको सङ्गीत रहेको यस गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको छ भने बिक्रम सापकोटाको प्रमुख अभिनय रहेको छ । यसका साथै भिडियोमा भुवनजङ काफ्ले, निरज दाहाल, रोजिना बानिया, रमा अधिकारी, अनिल खतिवडा, गणेशप्रसाद जोशी, लक्ष्मी श्रेष्ठ, ठाकुर अधिकारी र महेश पौड्यालको समेत अभिनय देख्न पाइन्छ। प्रेम सापकोटाको निर्माणमा बनेको यस भिडियोको छायाङ्कन राजाराम गिरी तथा ठाकुर अधिकारीले गरेका हुन् ।

विशेषगरि आख्यान लेखन र साहित्य समिक्षामा रमाउने पौड्याल लामो समयदेखि गीत लेखनमा समेत आबद्ध रहँदै आएका थिए ।यसअघि शिव परियार, राजेश पायल राई तथा सुनीति अधिकारीको स्वरमा समेत उनका गीतहरु रेकर्ड भइसकेका छन् ।

युवापुस्ताको प्रबर्द्धन गर्नुलाई आफ्नो लक्ष्य बनाएका पौड्याल छोटो समयमा नेपालि संगीत क्षेत्रमा हस्तक्षेपकारी र परिपक्क आवाज बोकेर आएका युवा गायक सुरेश लामाबाट आफू प्रभावित भएकाले उनकै आवाजमा गीत रेकर्ड गराएको बताउँछन् । उनी भन्छन्, ‘अबको समयमा सुरेश लामा र निशान भट्टराईजस्ता युवा पुस्तालाई नेपाली संगीत क्षेत्रले प्रवर्द्धन गर्न सक्यो भने यिनिहरुले नेपाली संगीतको रथ हाँक्नेछन्’ ।

बहुआयामिक व्यक्तित्वका धनी पौड्यालको गत सालमा प्रकाशित ‘त्यसपछि फुलेन गोदावरी’ कथासङ्ग्रहले कवि विमल स्मृति पुरस्कार हात पारेको थियो । उनको कवितासंग्रह पनि सीघ्र सार्वजनिक हुने क्रममा रहेको खरीबोटलाई विशेष जानकारी प्राप्त भएको छ । त्रिभुवन विश्वविद्यालयमा अंग्रजी साहित्य अध्यापन गर्ने पौड्याल कुशल अनुवादक पनि हुन् । उनको अंग्रेजी अनुवादमा अमेरिकाबाट प्रकाशित भएको कृष्ण धरावासीको मदन पुरस्कार प्राप्त उपन्यास ‘राधा’ले अहिले अन्तर्राष्ट्रिय स्तरमा चर्चा र समीक्षाहरु प्राप्त गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै