• २०८१ जेठ ६ आइतबार

फ्रान्समाथि नेदरल्यान्ड्सको शानदार जित, नेशन्स कपबाट जर्मनी बाहिरियो 

kharibot

काठमाडौँ। युइएफ़ए नेशन्स कप अन्तर्गत नेदरल्यान्ड्सले विश्वकप विजेता फ्रान्सलाई पराजित गरेको छ। गएराती भएको समुह एकको खेलमा नेदरल्यान्ड्सले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको हो। 

नेदरल्यानड्सको जितमा जिओर्जिनिओ विज्नाल्मड र मेम्फिस डिपेले एक एक गोल गरेका थिए। नेदरल्यान्ड्सले फ्रान्सलाई पराजित गरेसँगै यसै समुहमा रहेको जर्मनी रेलिगेशनमा परेको छ भने नेदरल्यान्ड्स अर्को चरणमा पुग्ने सम्भावना कायमै रहेको छ यद्यपि यस समुहमा नेदरल्यान्ड्स र जर्मनीबीच खेल हुन् बाँकी रहेको छ ।

फ्रान्स भने समुहमा ४ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहेको छ। नेदरल्यान्ड्स र जर्मनीबीचको खेल आगामी सोमबार हुदै छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै