• २०८१ बैशाख १७ सोमबार

आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा

kharibot

काठमाडौँ। आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ। कुल १० टिमले भाग लिएको महिला टी-२० विश्वकपमा भारत, अस्ट्रेलिया, वेस्टइन्डिज र इङल्याण्डको महिला क्रिकेट टिम सेमिफाइनलमा पुगेका छन्। 

अब सेमिफाइनलमा अस्ट्रेलिया र वेस्टइन्डिज तथा भारत र इङल्याण्ड शुक्रबार खेल्ने भएका छन्। समूह एको विजेता वेष्ट इण्डिजले समूह बीको उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । अर्को सेमिफाइनलमा समूह एको उपविजेता इंग्ल्याण्डले समूह बीको विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

वेस्टइन्डिज, इङल्याण्ड, दक्षिण अफ्रीका,श्रीलंका र बंगलादेश समुह ए मा रहेका थिए। जसमा वेस्टइन्डिज समुहमा पहिलो हुदै सेमिफाइनलमा पुगेको छ। वेस्टइन्डिजले समुह चरणका सबै चार खेल जितेर सेमिफाइनलमा पुगेको हो भने इङल्याण्ड समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ। इङल्याण्डले ४ खेलमा २ मा जित, एकमा हार र एकको खेल रद्ध हुदा ५ अंक बटुल्दै सेमिफाइनलमा पुगेको हो। 

त्यस्तै भारत, अस्ट्रेलिया, न्युजील्याण्ड, पाकिस्तान र आयरल्याण्ड रहेको समुह बि बाट भारत समुहमा पहिलो हुदै सेमिफाइनलमा पुगेको छ भने अस्ट्रेलिया दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ। समुह चरणमा भारतले सबै चार खेल जितेको छ भने अस्ट्रेलियाले ३ खेलमा जित र एक हारसहित दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । 

प्रतियोगितामा समुह ए मा रहेको बंगलादेशको महिला टिम र समुह बि मा रहेको आयरल्याण्डको टिमले कुनै पनि खेलमा जित हासिल गर्न सकेन। 

हाल छैठौ पटक आयोजना भइरहेको टी-२० महिला विश्वकपको यसअघि सम्पन्न ५ विश्वकपमा अस्ट्रेलियाले तीन पटक उपाधि जितेको छ भने इङल्याण्ड र वेस्टइन्डिजले एक एक पटक उपाधि जितेका छन्। वेस्टइन्डिजको महिला टिमले सन् २०१६ को विश्वकप टी-२० को उपाधि जितेको थियो। 

प्रतियोगिताको फाइनल खेल २४ नोभेम्बरमा हुदै छ।    
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै