• २०८१ बैशाख १८ मंगलबार

कम्बोडियाका प्रधानमन्त्री हुन सेन स्वदेश फिर्ता

kharibot

काठमाडौँ। एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज स्वदेश फर्किएका छन् । 

उनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र कानून, न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका छन् ।

सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री सेन यही मङ्सिर १३ गते काठमाडौँ आएका थिए । आजदेखि शुरु भएको सम्मेलन भने मङ्सिर १७ गतेसम्म चल्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय