• २०८१ बैशाख १७ सोमबार

फ्रान्समा तलब वृद्धि र कर छुटको घोषणा

kharibot

फ्रान्स । फ्रान्सेली सरकारले यहाँका राष्ट्रपतिले गरेको सम्बोधनले हाल देशमा ‘पहेँला टिसर्टधारी’ हरुको आन्दोलनका क्रममा राखिएका मागहरुको पनि सम्बोधन हुने भन्दै यस विषयमा यहाँको संसदलाई विश्वस्त पार्ने प्रयास गर्ने जनाइएको छ ।

मंगलबार बस्ने यहाँको संसदको बैठकलाई फ्रान्सेली सरकारले यस विषयमा आश्वस्त पार्ने प्रयास गर्ने समाचारमा जनाइएको छ ।

पहेँला टिसर्टधारीहरुले आन्दोलनकै माध्यमबाट सरकारलाई दबाब दिने प्रयास गरिरहेका बताइएको छ । सोमबार फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोले राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

उनले सो सम्बोधनका क्रममा हाल फ्रान्समा जारी रहेको आन्दोलनलाई मत्थर पार्ने प्रयास गरेको बताइएको थियो ।

सो सम्बोधनपछि सरकारले मंगलबार संसदलाई आश्वस्त पार्ने प्रयाय पनि गर्न लागेको अर्को एक समाचारमा जनाइएको छ । सो घोषणामा हाल आन्दोलनमा जारी राखिएका मागहरुलाई राष्ट्रपतिले सम्बोधन गरेको बताइएको छ ।

महंगीविरुद्ध आन्दोलन चर्किएपछि दबावमा परेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गरेका छन् ।

सो आन्दोलनमा इन्धनको मूल्य बृद्धिको निर्णय फिर्ता लिन र महङ्गी नियन्त्रण गर्न राष्ट्रवपतिसमक्ष माग गरिएको छ ।

तर राष्ट्रपति म्याक्रो यी कामहरुमा असफल भएको आरोप आन्दोलनकारीहरुले लगाएका छन् । फ्रान्सेली राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै उनले सन् २०१९ देखि न्युनतम तलबमा मासिक एक सय यूरो बढाउने लगायतका घोषणा गरेको बताइएको छ ।

कम आय भएका र पेन्सन बुझ्दै आएकाहरुमा लगाइएको कर पनि खारेज गरिएको राष्ट्रपति म्याक्रोले सो सम्बोधनमा बताएका छन् ।

ओभर टाइमको आम्दानीमा पनि अब कर लाग्ने छैन । रोजगारदाताहरुलाई वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने उनले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै