• २०८१ बैशाख २६ बुधबार

लातिस मालिंगा बने श्रीलंकाको नयाँ कप्तान 

kharibot

काठमाडौँ। श्रीलंकाका चर्चित फास्ट बलर लातिस मालिंगा श्रीलंकाको एकदिवसीय र टी-२० टिमओ कप्तान बनेका छन्। श्रीलंकाको खेलाडी छनौट समितिले मालिंगालाई न्युजिल्याण्ड टुरका लागि कप्तान बनाएको हो।

त्यस्तै विकेट किपर ब्याट्सम्यान निरोशन डिकवेलालाई टिमको उप-कप्तान बनाइएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको तीन महिना पछि मालिंगालाई नयाँ कप्तान बनाइएको छ। इन्जुरीका कारण एक बर्षभन्दा बढी टिमबाट बाहिर रहेका मालिंगाले गत सेप्टेम्बरमा एशिया कपमा टिममा फर्किएका थिए। 

श्रीलंकाको न्युजिल्यान्डमा खेल्ने टिममा कप्तान लातिस मलिंगा, उपकप्तानमा निरोशन डिकवेला, कुसल परेरा, दिनेश चण्डीमल, असेला गुनारत्ने, कुसल मेंडीस, धनन्जय दि सिल्भा, थिसरा परेरा, दनुस शानका, लक्शन सन्दनकन, सीकुजे प्रसन्ना, दुश्मन्थ चमीरा, कसुन राजिथा, नुवान प्रदीप र लहिरु कुमारा रहेका छन्। 

श्रीलंकाको टिममा सिरिनियर खेलाडी एञ्जोलो डि माथ्यु घाइते भएका कारण समावेश नगरिएको जनाइएको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै