काठमाडौँ। शुक्रबारदेखि सुरु भएको अस्ट्रेलिया र भारतबीचको दोस्रो टेस्टको पहिलो इनिङ्गमा अस्ट्रेलियाले ३२६ रन बनाएको छ।
टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले दोस्रो टेस्टमा उत्कृष्ट सुरुवात गर्दै पहिलो दिन ६ विकेट गुमाएर २७७ रन बनाएको थियो भने दोस्रो दिन थप ४९ रन बनाउदा बाँकी ४ विकेट गुमाएपछि ३२६ रन बनाउदै अलआउट भएको छ ।
अस्ट्रेलियाका लागि मार्कोस ह्यारिसले सर्वाधिक ७० रन बनाए। त्यस्तै ट्राभिस हेडले ५८ रन बनाए भने अरोन फिन्चले ५० रन बनाए। त्यस्तै शान मार्शले ४५ रन बनाए भने उसमान ख्वाजा ५ रन बनाएर आउट भए। त्यस्तै पिटर ह्यान्ड्सकम्बले ७ रन बनाए। त्यस्तै टिम पैनेले ३८ र पाट कमिन्सले १९ रन बनाएर आउट भए। त्यस्तै मिचेल स्ट्राक ६ रन बनाएर आउट भए भने नाथन लियोनले अविजित ९९ रन बनाएका थिए।
त्यस्तै भारतीय बलर इशान्त शर्माले सर्वाधिक ४ विकेट लिएका छन्। पहिलो दिन २ विकेट लिएका शर्माले दोस्रो दिन थप २ विकेट लिएका थिए। त्यस्तै हनुमान विहारी, जसप्रित बुमराह र उमेश यादवले २-२ विकेट लिए।
चार टेस्ट खेलको सिरिजमा पहिलो टेस्टमा जित हासिल गरेर भारत १-० ले अगाडी रहेको छ भने यस खेलमा भारतका चर्चित स्पिनर आर आश्विन र ब्याट्सम्यान रोहित शर्मा इन्जुरीका टिमबाट बाहिर रहेका छन्।