• २०८१ बैशाख १७ सोमबार

महोत्सवमा दुना–टपरीको माग बढ्यो

kharibot

बर्दिया, गुलरिया। । “समृद्ध प्रदेश नं ५ को आधार कृषि, पर्यटन, उद्योग, संस्कृति र पुर्वाधार” भन्ने नाराका साथ मंसिर २७ गते देखि “प्रादेशिक कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सव २०७५” बर्दियाको गुलरियामा सुरु भएको छ ।

पुस ८ गतेसम्म चल्ने महोत्सवमा आकर्षण बनेको छ थारु समुदायका महिलाहरुले सामूहिक रूपमा बनाएका दुना–टपरीहरु । वन जङ्गलमा त्यसै खेर गइराखेका साल र मालुकाका पातहरू सदुपयोग गरी सामूहिक रूपमा महिलाहरुले बनाइएका दुना–टपरीले महोत्सवमा राम्रो व्यापार गरेको छ । 

महोत्सवमा सिर्जनशिल ढकिया उद्योग राजापुर नपा ४ संघर्षनगरका थारु महिला दिदीबहिनिहरुले बनाएका ढकिया, मुढा, टोकरी, फुलदानि लगाएत साथै खेर गइरहेका सालका पातबाट बनाइएका दुना टपरीले महोत्सवमा राम्रो व्यापार गरेको छ । 

हामीहरुले राखेको सामानहरुमा सबभन्दा बढि दुना टपरी नै बढि व्यापार भइरहेको सिर्जनाशिल ढकिया उद्योगका जुकमनि थारुले बताइन । वाताबरणिय दृष्टिकोण र सजिलोका कारणले पनि दुना टपरीको महोत्सवमा माग दैनिक बढेको देखिएको थारुले भनिन । दैनिक रुपमा ४ हजार सम्मको दुना टपरीको व्यापार हुने गरेको समेत उनले बताइन ।

प्लास्टिकबाट बनाइएका दुनाटपरी प्रयोग गर्दा स्वास्थ्य र वातावरणलाई हानि पुुर्याउने विभिन्न सुचना मुलक सन्देशहरुमा थाहा पाएकोले रुखका पातबाट बनाइएका दुना टपरी पुजाहरुमा पनि प्रयोग गर्न सकिने र खानपानमा पनि सहज भएकाले यसको खरिद गरेको गुलरिया नगरपलिका बडां नं ६ का शोभा थापाले बताईन ।

कामकाजमा सजिलो हुने र वातावरण मैत्रि पनि भएकोले हामीले रुखका पातबाट बनेका दुना टपरी लिएको गुलरिया नगरपालिका बडा नं ५ का रतन ठकुराठिले बताए । 

दुना टपरीको व्यापार बढ्नुमा मानिसहरु जाग्रुव हुदै वातावरण प्रतिको मोह र कामकाजमा सहजता हुने हुनाले पनि यसको व्यापार बढेको उद्योग व्यापार संघ गुलरियाका उपाध्यक्ष मनोज यादवले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै