• २०८१ बैशाख १७ सोमबार

निर्मला हत्या प्रकरणमा एआईजी बस्न्यातको समितिले महानिरीक्षकलाई प्रतिवेदन बुझायो 

kharibot

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा गठित टोलीले आफ्नो निश्कर्षसहितको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएको छ ।

प्रकरणको छानबिनमा विभिन्न टोली खटिइरहँदा फरकफरक तथ्य बाहिर आउन थालेपछि स्थिति झन् विग्रन सक्ने आँकल गर्दै समितिले प्रतिवेदन बुझाउन ढिलाई  गरेको थियो । तर, प्रतिवेदन नबुझाएको भन्दै आलोचना हुन थालेपछि ५ सय ३२ पृष्ठको प्रतिवेदन बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकरणको अनुसन्धानमा प्रहरी अधिकारीले गरेको लापरबाहीबारे छानबिन गर्न गठित बस्न्यात नेतृत्वको समितिले सोमबार आईजीपी खनाललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा घटनाको अनुसन्धानका क्रममा प्रहरीले गरेको कमजोरी समेटिएको बताइएको छ ।

समितिकै सुझावका आधारमा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्तीमा परेका थिए । त्यस्तै, अन्य अनुसन्धान अधिकारी पनि निलम्बित छन् ।

समितिका अधिकारीहरुले प्रारम्भिक अनुसन्धान प्रतिवेदनको अध्ययनदेखि स्थानीयसँग प्रहरीको भूमिकाबारे सोधपुछ लगायतका काम पनि गरेको थियो ।

घटना सम्बन्धमा अनुसन्धान र अनुसन्धानमा खटिएका प्रहरी अधिकृत तथा जवानहरूको भूमिकाको विषयमा छानविन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न २०७५ भदौ ३१ गते उक्त समिति गठन भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै