• २०८१ बैशाख २२ शनिबार

डा.केसीसँगको सहमति तोड्दै चिकित्सा शिक्षा विधेयक प्रतिवेदन बहुमतले पारित  

kharibot

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गर्दै डा. गोविन्द केसीसँग भएको सहमति तोडिएको छ । 

आज बसेको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमतका आधारमा समितिमा प्रतिवेदन पारित भएको हो । 

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने डा. केसीसँग भएको सहमतिअनुसार नै प्रतिवेदन पास हुनुपर्ने मत राखेको छ ।

प्रतिवेदनमा डा. केसीसँग भएको सहमति र माथेमा आयोगको सिफारिस विपरित एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन भनिएको भएपनि सम्बन्धन लिइसकेका र मानसाय पत्र लिई मापदण्ड पुरा गरेका उपत्यका बाहिरको शिक्षण संस्थाको हकमा लागू हुने नहुने भएको छ ।

उपत्यका बाहिरको हकमा आयोगले निर्णय गर्ने र त्यसमा ऐनको कुनै पनि कुराले बाधा नगर्ने उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै