• २०८१ बैशाख २६ बुधबार

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित

kharibot

काठमाडौँ । चर्चित चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकबाट बहुमतले सो विधेयक पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले उठेर विरोध गरिरहदा अध्यक्षले बैठकको कारवाही अगाडी बढाएका थिए । काँग्रेसका सांसदहरुले आफ्नो ठाउबाट उठेर विरोध गरिरहदा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यसअघि बैठकको सुरुमा समय लिएर बोल्दै काँग्रेस सांसद जितेन्द्र नारायण देवले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका थिए । उनले छलफल गरेर अहिलेको समस्याको समाधान गर्नुपर्ने बताउदै प्रधानमन्त्रीले डा.केसीलाई भेट गरेर अनसन तोडाउनुपर्ने बताएका थिए ।

राष्ट्रिय सभाबाट पनि पारित भएपछि अब राष्ट्रपतिले जारी गरेपछि विधेयकले कानुनको रुप लिने कानुनी प्रावधान रहेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी आइतबार बस्ने गरि स्थगित भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै