• २०८१ बैशाख २५ मंगलबार

चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा प्रस्तुत  

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोधका बाबजुत राष्ट्रिय सभाको बैठकबाट चिकित्सा शिक्षा विधयेक २०७५ प्रस्तुत भएको छ ।

आइतबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले पेश गरेको विधेयक संसदको बहुमतले स्वीकृत गरेको हो।

विधेयक पारित हुँदै गर्दा कांग्रेस सांसद्हरूले रोष्टम अगाडि नाराबाजी गरिरहेका थिए। संघीय संसदको प्रतिनिधिसभाबाट शुक्रबार पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ राष्ट्रियसभामा आज पेस भएको हो  । अध्यक्षले विधेयकमा संसोधन हाल्न सकिने जानकारी दिदै काँग्रेसको दुई अस्पतालका सम्बन्धमा सरकारलाई जवाफ दिन निर्देशन समेत दिएका छन् ।

तेस्रो बैठक सुरु हुनासाथ काँग्रेसका सांसदहरुले आफ्नो ठाउबाट उठेर विरोध गरेपछि अध्यक्षले काँग्रेस सांसद राधेश्याम अधिकारीलाई बोल्ने समय दिएका थिए ।

सांसद अधिकारीले बोल्दै चिकित्सा शिक्षा विधेयकलाई सरकारले अत्यधिक महत्व दिएको बताउदै डा.गोविन्द केसीको माग पुरा भएको भनिएको भएपनि मुख्य माग नै पुरा नभएको बताए । सरकारले ९५ प्रतिशत माग पुरा भएको भने पनि मुख्य माग नै पुरा नभएको भन्दै सरकार चिकित्सा शिक्षा प्रति सरकार उदासिन भएको आरोप लगाए ।

डा.केसी जीवन मरणको सवालमा रहेको भन्दै सांसद अधिकारीले सरकारको बीएमसि अस्पताल मोह देखिएको बताए । अहिले देशका रेसिडेन्ट डाक्टरहरुले रिले अनसन सुरु गरेको बताउदै यथाशिघ्र डा.केसीसँग वार्ता गर्नुपर्ने बताए । आन्दोलन बढ्दै जाने र भोली अर्को सम्झौता गर्नुभन्दा अहिले वार्ता टोली बनाएर समस्याको समाधान गर्नु सहि हुने बताए ।

राष्ट्रिय सभाको अर्को बैठक माघ १७ गते विहिबार बस्ने गरि स्थगित भएको छ ।   


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै