• २०८१ बैशाख १६ आइतबार

महिला टी-२० : नेपालको मलेसियामाथि शानदार जित 

kharibot

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास अन्तर्गत नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ । मलेसियाले दिएको ६२ रनको लक्ष्य पछाएको नेपालले १६.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

नेपालको जितमा रोमा थापाले सर्वाधिक २० रन अविजित बनाइन् भने सिता राना मगरले १६ रन बनाएकी थिइन् । त्यस्तै काजल श्रेष्ठले ६ र इन्दु बर्मा ३ रन बनाएर आउट भएका थिए । त्यस्तै ममता कुमारी चौधरीले अविजित ९ रन बनाएकी थिइन् ।

मलेसियाका बलर इन्तान जाफर र ऐन्ना हाशिमले एक एक विकेट लिएका थिए भने नेपालको एक विकेट रन आउटका रुपमा गएको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले १९.३ ओभरमा अलआउट हुदै ६१ रन बनाएको थियो ।

मलेसियाका लागि सियो ताजिन यीले सर्वाधिक १२ रन बनाएकी थिइन् भने युश्रीना याकोबले ११ रन बनाएकी थिइन् । मलेसियाका लागि अन्यले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

नेपाली बलर सरिता मगरले ४ विकेट लिएकी थिइन् भने कविता कुवर, इन्दु बर्मा, नेरी थापाले एक एक विकेट लिएका थिए । नेपालले मलेसियाका तीन खेलाडीलाई रन आउट गरेको थियो ।

नेपालले शनिबार चीनमाथि १० विकेटको जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा नेपाल सहित भुटान, हङकङ, युएई, चीन, मलेसिया, थाईल्याण्ड , थाईल्याण्ड ‘ए’ , इन्डोनेसिया, म्यानमार गरि १० टोलिलाई ५-५ टिमको दुई समुहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समुह ‘ए’ मा युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्। समुह ‘बि’ मा थाईल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन्। दुवै समुहमा एक अर्का बीच एक एक खेलपछि समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालले अब जनवरी १४ मा युएईको १६ मा थाईल्याण्ड ए टिमको सामना गर्नेछ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै