• २०८१ बैशाख १६ आइतबार

इङल्याण्डविरुद्धको टेस्ट सिरिजमाथि वेस्टइन्डिजको कब्जा  

kharibot

काठमाडौँ । वेस्टइन्डिजले इङल्याण्डलाई दोस्रो टेस्टमा १० विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा २-० ले अग्रता लिदै सिरिज कब्जा गरेको छ । सिरिजको दोस्रो टेस्ट वेस्टइन्डिजले खेलको तेस्रो दिन नै जित हासिल गरेको हो ।

टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्ड पहिलो पारीमा १८७ रनमा समेटिएको थियो भने वेस्टइन्डिजले पहिलो पारीमा ३०६ रन बनाउदा अलआउट भएको थियो । पहिलो पारीमा ११९  रनको अग्रता लिएको वेस्टइन्डिजले इङल्याण्डलाई दोस्रो पारीमा १३२ रनमा अल आउट गरेपछि टेस्ट जित्न केवल १४ रनको लक्ष्य पाएको थियो जुन वेस्टइन्डिजले बिना कुनै विकेट गुमाई पुरा गर्यो ।

वेस्ट इन्डिजमा इङल्याण्डविरुद्धको यो खेल जिताउन तिब्र गतिका बलर कमार रोचरले दुवै पारीमा ४-४ विकेट लिदै खेलको प्लेयर अफ द म्याच समेत बने । रोचरले पहिलो टेस्टको पहिलो पारीमा ५ विकेट लिएका थिए । 

वेस्टइन्डिज टुरमा रहेको इङल्याण्डले अन्तिम टेस्ट फेब्रुअरी ९ मा खेल्ने छ । 
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै