• २०८१ बैशाख १५ शनिबार

न्युजील्याण्डविरुद्धको एकदिवसीय सिरिजमा भारत ४-१ ले विजयी  

kharibot

काठमाडौँ । न्युजील्याण्डविरुद्धको पाँचौ एकदिवसीय खेलमा जित हासिल गर्दै भारतले एकदिवसीय सिरिज ४-१ ले जितेको छ ।

भारतले पाचौ एकदिवसीय खेल ३५ रनले जितेको हो । भारतले दिएको २५३ रनको लक्ष्य पछाएको न्युजील्याण्ड ४४.१ ओभरमा २१७ रनमा अलआउट भएपछि खेल भारतले ३५ रनले जितेको हो ।

न्युजील्याण्डका लागि जेम्स नाशीमले सर्वाधिक ४४ रन बनाए भने कप्तान केन विलियम्सनले ३९ रन बनाए । त्यस्तै टाम लाथमले ३७ रन बनाएका थिए । भारतका बलर युजवेंद्र चहलले ३ विकेट लिए भने मोहमद सामी र हार्दिक पाण्डेयले २-२ विकेट लिए । त्यस्तै भुवेनश्वर कुमार र केदार जादभले एक एक विकेट लिए ।    

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ४९.५ ओभरमा अलआउट हुदै २५२ रन बनाएको थियो । सुरुमै तीन विकेट गुमाएको भारतका लागि अम्बाती रायडु र विजय शंकरले भारतको पारी सम्हाल्दै ९८ रनको साझेदारी गरेका थिए । अम्बाती रायडु ९० रन बनाएर आउट भए भने विजय शंकरले ४५ रन बनाए ।

त्यस्तै हार्दिक पाण्डेयले आक्रामक ब्याटिंग गर्दै २२ बलमा ४५ रन बनाएर भारतका लागि सम्मानजनक रन बनाएका थिए । त्यस्तै केदार जादभले ३४ रनको महत्वपूर्ण पारी खेलेका थिए । भारतका रोहित शर्मा २, शिखर धवन ६, शुभम गील ७, महेन्द्र सिंह धोनी १, भुवनेश्वर कुमार ६ र मोहमद शामी १ रनमा आउट भएका थिए ।

न्युजील्याण्डका बलर माट हेनरीले ४ विकेट लिए भने ट्रोन्ट बोल्टले ३ विकेट लिएका थिए । त्यस्तै जेम्स नीशामले एक विकेट लिएका थिए ।

अन्तिम खेलको प्लेयर अफ द म्याच अम्बाती रायडु बनेका छन् भने प्लेयर अफ द सिरिज भने मोहमद सामी बनेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय