• २०८१ बैशाख १४ शुक्रबार

पहिलो टी-२० मा भारतमाथि न्युजील्याण्डको शानदार जित 

kharibot

काठमाडौँ । न्युजील्याण्डले टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा भारतलाई ८० रनले पराजित गरेको छ ।

२२० रनको लक्ष्य पाएको भारत १९.२ ओभरमा १३९ रन बनाएर अलआउट भएपछि न्युजील्याण्डले खेल ८० रनले जितेको हो ।

भारतका लागि महेन्द्र सिंह धोनीले सर्वाधिक ३९ रन बनाएका थिए । त्यस्तै शिखर धवनले २९, विजय शंकरले २७ तथा क्रुनाल पाण्डेले २० रन बनाएका थिए ।

न्युजील्याण्डका बलर टीम साउथीले सर्वाधिक ३ विकेट लिएका थिए भने लुकी फर्गुसन, इश सोढ़ी र मिचेल सान्टरले २-२ विकेट लिएका थिए । त्यस्तै डार्यल मिचेलले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै २१९ रन बनाएको थियो ।

न्युजील्याण्डका लागि टिम सेइफर्टले सर्वाधिक ८४ रन बनाए । टिमले ४३ बलमा ७ चौका र ६ छक्कासहित ८४ रन बनाएका थिए । त्यस्तै कोलिन मुर्नो र कप्तान केन विलियम्सनले ३४-३४ रन बनाएका थिए । त्यस्तै रोज टेलरले २३ तथा स्कट कुगलेइजनले २० रन बनाए ।

भारतका बलर हार्दिक पाण्डेयले २ विकेट लिए भने युजवेंद्र चहल, क्रुनाल पाण्डेय, खालिद अहमद र भुवनेश्वर कुमारले एक एक विकेट लिएका छन् ।

८४ रन बनाएका न्युजील्याण्डका लागि टिम सेइफर्ट खेलको प्लेयर अफ द म्याच बनेका थिए । 

यो जितसँगै तीन खेलको टी-२० सिरिजमा न्युजील्याण्ड १-० ले अगाडी रहेको छ । सिरिजको दोस्रो खेल फेब्रुअरी ८ मा अकल्याण्डमा हुने छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै