• २०८१ बैशाख १५ शनिबार

पहिलो टी-२० मा न्युजील्याण्डले भारतलाई दियो २२० रनको लक्ष्य 

kharibot

काठमाडौँ । न्युजील्याण्डले टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा भारतलाई २२० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै २१९ रन बनाएको हो ।

न्युजील्याण्डका लागि टिम सेइफर्टले सर्वाधिक ८४ रन बनाए । टिमले ४३ बलमा ७ चौका र ६ छक्कासहित ८४ रन बनाएका थिए । त्यस्तै कोलिन मुर्नो र कप्तान केन विलियम्सनले ३४-३४ रन बनाएका थिए । त्यस्तै रोज टेलरले २३ तथा स्कट कुगलेइजनले २० रन बनाए ।

भारतका बलर हार्दिक पाण्डेयले २ विकेट लिए भने युजवेंद्र चहल, क्रुनाल पाण्डेय, खालिद अहमद र भुवनेश्वर कुमारले एक एक विकेट लिएका छन् ।

२२० रनको लक्ष्य पाएको भारतले अहिले जवाफी ब्याटिंग गरिरहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय