• २०८१ बैशाख २९ शनिबार

भारतविरुद्धको टी-२० सिरिजमा न्युजील्याण्डको कब्जा 

kharibot

काठमाडौं । न्युजील्याण्डले भारतविरुद्धको टी-२० सिरिज जितेको छ । आज सम्पन्न अन्तिम टी-२० खेलमा ४ रनले जित हासिल गर्दै न्युजील्याण्डले तीन खेलको सिरिज २-१ ले जितेको हो ।

न्युजील्याण्डले दिएको २१३ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो ।

भारतका लागि विजय शंकरले सर्वाधिक ४३ रन बनाए भने रोहित शर्माले ३८, दिनेश कार्तिकले ३३, रिषव पन्तले २८, क्रुनाल पाण्डेयले २६ र हार्दिक पाण्डेयले २१ रन बनाएका थिए ।
न्युजील्याण्डका बलर मिचेल सान्टनेर र डार्याल मिचेलले २-२ विकेट लिए भने स्कट कुगेलेइजन र ब्लेयर टिक्नैरले एक एक विकेट लिएका थिए ।  

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको न्युजील्याण्डले २० ओभरमा ४ विकेट गुमाउदै २१२ रन बनाएको थियो ।

न्युजील्याण्डका लागि कोलिन मुन्रोले सर्वाधिक ७२ रन बनाएका थिए । मुन्रोले ४० बलमा ७२ रन बनाएका थिए । त्यस्तै टिम सेइफर्टले ४३, ग्राण्डहोमले ३०, केन विलियम्सनले २७ रन बनाएका थिए ।

भारतीय बलर कुलदीप यादवले २ विकेट लिए भने भुवनेश्वर कुमार र खालिद अहमदले एक एक विकेट लिएका थिए ।

योसँगै भारतको न्युजील्याण्ड टुर सकिएको छ । भारतले एकदिवसीय सिरिज ४-१ ले तेको थियो भने टी-२० सिरिजमा भने २-१ ले  हार बेहोरेको छ ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय