• २०८१ बैशाख १७ सोमबार

न्युजील्याण्डलाई भारतको २५३ रनको चुनौती 

kharibot

काठमाडौं  । न्युजील्याण्डविरुद्धको पाँचौ एकदिवसीय खेलमा भारतले २५२ रन बनाएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको भारतले ४९.५ ओभरमा अलआउट हुदै २५२ रन बनाएको हो । सुरुमै तीन विकेट गुमाएको भारतका लागि अम्बाती रायडु र विजय शंकरले भारतको पारी सम्हाल्दै ९८ रनको साझेदारी गरेका थिए । अम्बाती रायडु ९० रन बनाएर आउट भए भने विजय शंकरले ४५ रन बनाए ।

त्यस्तै हार्दिक पाण्डेयले आक्रामक ब्याटिंग गर्दै २२ बलमा ४५ रन बनाएर भारतका लागि सम्मानजनक रन बनाएका थिए । त्यस्तै केदार जादभले ३४ रनको महत्वपूर्ण पारी खेलेका थिए । भारतका रोहित शर्मा २, शिखर धवन ६, शुभम गील ७, महेन्द्र सिंह धोनी १, भुवनेश्वर कुमार ६ र मोहमद शामी १ रनमा आउट भएका थिए ।

न्युजील्याण्डका बलर माट हेनरीले ४ विकेट लिए भने ट्रोन्ट बोल्टले ३ विकेट लिएका थिए । त्यस्तै जेम्स नीशामले एक विकेट लिएका थिए ।

५ खेलको एकदिवसीय सिरिजमा भारत ३-१ ले अगाडी रहदै सिरिज जितिसकेको छ ।

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय