• २०८१ बैशाख १७ सोमबार

युएईविरुद्ध टस हारेर नेपालले ब्याटिंग गर्दै, खेल १० ओभरको हुने 

kharibot

काठमाडौं  । युएईविरुद्धको तेस्रो टी-२० खेलमा नेपालले टस हारेको छ । 

दुबईस्थित आइसीसी एकेडेमीमा हुने खेलमा नेपालका कप्तान पारस खड्काले टस हारेका छन् बहने टस जितेका युएईका कप्तानले नेपाललाई पहिला ब्याटिंगको निम्तो दिएका छन् । 

वर्षाबाट प्रभावित आजको खेल १०-१० ओभरको हुने छ ।

नेपाल र युएईबीचको एकदिवसीय र टी-२० सिरिजका सबै खेलको प्रत्यक्ष प्रशारण dubai sports City युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण हुदै छ ।

आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ ।  बिनोद भण्डारी टिममा आएका छन् । उनी प्रदीप ऐरीको ठाउमा टिममा आएका हुन् । 

नेपाली टोली :

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, पवन सर्राफ , सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अभिनाश बोहोरा र ललित नारायण राजवंशी

तीन खेलको टी-२० सिरिजमा नेपाल र युएईले १-१ खेल जितेर बराबरी रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय