• २०८१ बैशाख १७ सोमबार

नेप्से ११ सय ३९ बिन्दुमा : सातामा एक अर्ब ५० करोडको खरिद बिक्री

kharibot

काठमाडौं । धितोपत्र बजारमा यो साता कुल एक सय ६९ कम्पनीहरुको २७ हजार छ सय ८६ वटा कारोवार भएका छन् । 

जसअनुसार ५१ लाख तीन हजार पाँच सय ९६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ५० करोड ४४ लाख  ३९ हजार एक सय ८६ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा बढी हो  । 

गत साता भने धितोपत्र बजारमा एक सय ६८ कम्पनीहरुको २६ हजार छ सय ८८ वटा कारोवार भएका थिए । जसअनुसार ४५ लाख ७२ हजार सात सय ७० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ३३ करोड ८१ लाख ८३ हजार नौ सय ७६ रुपैयाँ पुगेको थियो । यो साता बजार परिसुचक ११ सय ३९ दसमलव ५७ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ४२ दसमलव ६१ अंकमा पुगेर रोकिएको छ ।

नेप्सेको नियिमत कारोवार कक्ष साताको यो साता पनि पाँचैं दिन खुल्ला रहेको थियो । जस मध्ये पहिलो, दोस्रो, चौथो र पाँचौं दिन सेयर बजार ओरालो लागेको थियो भने तेस्रो दिन सेयर बजार उकालो लागेको थियो । 

पहिलो दिन बजार परिसुचक आठ दसमलव ५७ अंकले ओरालो लागेर ११ सय ५३ दसमलव छ अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव ७२ अंकले ओरालो लागेर दुई सय ४५ दसमलव आठ अंकमा झरेको थियो । दोस्रो दिन पनि बजार परिसुचक आठ दसमलव ८५ अंकले ओरालो लागेर ११ सय ४४ दसमलव २७ अंकमा झरेकोमा सेन्सिटिभ एक दसमलव ८१ अंकले ओरालो लागेर दुई सय ४३ दसमलव २८ अंकमा झरेको थियो ।

तेस्रो दिन भने बजार परिसुचक दुई दसमलव ८३ अंकले उकालो लागेर ११ सय ४७ दसमलव १० अंकमा कायम रहंदा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७४ अंकले उकालो लागेर दुई सय ४४ दसमलव दुई अंकमा पुगेको थियो । चौथो दिन भने बजार परिसुचक सात दसमलव ३८ अंकले ओरालो लागेर ११ सय ३९ दसमलव ७२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ५२ अंकले ओरालो लागेर दुई सय ४२ दसमलव ५० अंकमा झरेको  थियो ।

पाँचौं दिन भने सेयर बजार परिसुचक शुन्य दसमलव १५ अंकले घटेर ११ सय ३९ दसमलव ५७ अंकमा पुगेर रोकिए पनि सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव ११ अंकले उकालो लागेर दुई सय ४२ दसमलव ६१ अंकमा पुगेर रोकिएको छ । 

यो साता पनि बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, प्रभु बैंक, एनएमबी बैक आदि परेकाछन । सेयर कारोवार संख्याको आधारमा पनि यो साता यिनै कम्पनीहरुको बर्चश्व रहेको छ । बजार पुंजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टड बैंक लगायतका कम्पनीहरु परेकाछन् ।

सेयर सुचीकरण तर्फ भने यो सिटी एक्सप्रेस फाईनान्सको २५ लाख कित्ता हकप्रद सेयर, हाम्रो बिकास बैंकको एक लाख १८ हजार एक सय ३७ कित्ता बोनस सेयर र नयाँ नेपाल लघुबित्त बित्तीय संस्थाको छ लाख कित्ता हकप्रद सेयर नियमित कारोवारका लागि सुचीकृत भएकाछन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै