• २०८१ बैशाख १५ शनिबार

टेस्ट क्रिकेटमा श्रीलंकाको अविश्वसनीय जित, परेराले बनाए १५३ रन  

kharibot

काठमाडौँ । श्रीलंकाले दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्ट खेलमा शानदार जित हासिल गरेको छ । 

दक्षिण अफ्रीकाले दिएको ३०४ रनको लक्ष्य पछाएको श्रीलंकाले ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । श्रीलंकाका लागि अन्तिम विकेटका लागि कुशल परेराले विश्वा फर्नान्डोसँग ७८ रनको साझेदारी गर्दै श्रीलंकालाई जित दिलाएका थिए । श्रीलंका एक समय ९ विकेट गुमाएर २२६ रन बनाएको अवस्थामा पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका परेराले १५३ रन अविजित बनाउदै अविश्वसनीय जित दिलाएका थिए । 

परेराले २ सय बलको सामना गर्दै १५३ रन जोडे । उनले १२ चौका र ५ छक्का प्रहार गरेका थिए । उनलाई २७ बलमा ६ रन जोडेर फर्नान्डोले राम्रो साथ दिएका  थिए । ७८ रनको साझेदारीमा परेरा एक्लैले ६७ रन बनाएका थिए । 

दक्षिण अफ्रीकाका डुयन ओलिभियर र डेल स्टेनले २-२ तथा भर्नन फिलान्डर र कागीसो राबाडाले १-१ विकेट लिएका थिए । 

पहिलो इनिङमा श्रीलंकाले १९१ रन बनाउदै अलआउट भएको थियो भने दक्षिण अफ्रिकाले पहिलो इनिङमा २३५ र दोस्रोमा २५९ रन बनाउदै श्रीलंकालाई ३०४ रनको लक्ष्य दिएको थियो ।

यस जितसँगै श्रीलंकाले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट फेब्रुअरी २१ देखि सुरु हुनेछ ।

अविजित १५३ रन बनाएका कुशल परेरा खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै