• २०८१ बैशाख १६ आइतबार

क्रिस गेलद्वारा विश्वकप पछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा

kharibot

काठमाडौँ । वेस्टइन्डिजका चर्चित क्रिकेटर क्रिस गेलले आगामी विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

विस्फोटक ब्याट्सम्यानको रुपमा आफ्नो पहिचान बनाएका गेलले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि आफूले एकदिवसीय फरम्याटबाट बिदा हुने घोषणा गरेका छन् । ३९ वर्षीय बाँया हाते ब्याट्सम्यान गेलले एक दिवसीय क्रिकेटमा अहिलेसम्म ९७२७ बनाएका छन् ।

एकदिवसीय क्रिकेटमा १० हजार रन बनाउन २७३ रनले पछि रहेका गेल अब त्यो रन बनाएर १० हजार रन पुरा गर्ने दाउमा रहेका छन् ।  

उनी वेस्टइन्डिजका लागि धेरै रन बनाउने दोस्रो खेलाडी हुन् । वेस्टइन्डिजका लागि ब्रायन लाराले सबै भन्दा धेरै रन बनाएका छन् । सन् १९९९ मा राष्ट्रिय टिममा डेब्यू गरेका गेलले २८४ एकदिवसीय खेल खेलका छन् । एकदिवसीय क्रिकेटमा गेलले २३ वटा शतक बनाएका छन् भने ४९ अर्धशतक बनाएका छन् । उनको एकदिवसीय क्रिकेटमा ३७.१२ को औसतले रन बनाएका छन् ।

जसमा उनको उच्च स्कोर २१५ रन रहेको छ । उनले २०१५ मा जिम्बावेविरुद्ध सो रन बनाएका थिए । 

यसका साथै उनले पार्टटाइम स्पिनरका हिसाबले पनि एकदिवसीय एक सय ६५ विकेट लिएका छन् । सन् २००४ मा इंग्ल्याण्डमा भएको च्याम्पियन्स ट्रफिको उपाधि वेस्टइन्डिजले जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए । 

गेल आउँदो बुधबारबाट हुने इंग्ल्याण्डविरुद्धको ५ एकदिवसीय सिरिजका लागि टिममा परेका छन् ।

गेलले विश्वकप पछि युवाहरुलाई मौका दिनुपर्ने बताउदै उनीहरुलाई सहयोग गर्ने आफु सधै स्ट्याण्डमा रहने बताएका छन् । हालै वेस्टइन्डिजले इङल्याण्डलाई टेस्ट क्रिकेट सिरिजमा पराजित गर्दाको क्षण पछिल्लो १० बर्षको उत्कृष्ट क्षण भएको बताए ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै